हिमाली रि-इन्सुरेन्स कम्पनीले सर्वसाधारणका लागि मङ्सिर २७ गते खुलाएको आइपिओ पुष ११ गते बन्द हुने थियो तर मागभन्दा बढी आवेदन परेको कारण यस कम्पनीको आइपिओ आजै बेलुका ५ बजे बन्द हुने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मन्सिर ४ गते आइपीओ खुला गरेको थियो। कम्पनीले ३० लाख कित्ता सेयर विदेशी रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। जसमा ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० किताका लागि आवेदन दिएका थिए।


कम्पनीले १०० अङ्कित मूल्यमा १०६ प्रिमियम थप गरी प्रति कित्ता २०६ पर्ने गरी सेयर निष्कासन गरेको हो। कम्पनीले धितोपत्र बोर्डबाट हाल कायम जारी पुँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको थिए। जसमध्ये विदेशी रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत,कम्पनीको कर्मचारी का लागि ६ लाख कितासेयर,सामूहिक लगानी कोषहरूका लागि १५ लाख कित्ता सेयर र बाँकी रहेका २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो।

Alos Read This 
NEPSE Daily Analysis
News And Updates
IPO Analysis And Updates

यस कम्पनीमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।कम्पनीको बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आइपीओमा आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आसवा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरेका सफ्टवेर 'मेरो सेयर'बाट अनलाइन आवेदन दिन सकिन्छ।
इकरा एनपीए ईसयुवर आइपिओ निष्कासनका लागि यस कम्पनीलाई रेटिङ 'ए' प्रदान गरेको छ। यसको मतलब कम्पनी वित्तीय दायित्व बहन गर्न पूर्ण रुपमा सुरक्षित रहेको जनाउँछ।


थप जानकारीका लागि nepalsharemarketupdates.blogspot.com लाइ visit गर्नु।
Company Name Himalayan Re-insurance Limited (HREL)
Share Group Ordinary Share
Issue Manager NMB Capital Limited
Issue Open Date 2023-12-13 10:00 AM
Issue Close Date 2023-12-18 05:00 PM
No.of Share Issued 2,49,00,000
Price Per Share 206.00
Minimun Quantity 10
Maximun Quantity 30,000