समस्या परेको बेला काम लाग्छ भनेर र मानिसहरू यति मेहनतले बचत गर्ने गर्छ तर समस्या परेका बेला मानिसहरु निराश भएर घर फर्कन्छ यी नैहुन नेपालमा सहकारीको सच्चाई।

गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर ८ उत्तरखेलमा रहेका कान्तिफेर बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताहरू धारणामा उत्रिन बाध्य भएको कुरा सहकारी पीडित सङ्घर्ष समितिले बताएका छन्। सहकारीमा ७,७०० बचतकर्ताहरूले एक अरब २० करोड ८० लाख ४८० सम्मको बचत छ। सहकारीले दुई वर्ष देखि बचत फिर्ता गर्न नसकेका कारणले बचतकर्ताहरू धर्नामा उत्रिएको छ भने कुरा सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुभाष श्रेष्ठले बताएका छन्।

  1. NEPSE Daily Analysis
  2. News And Updates
  3. IPO Analysis And Updates

नयाँ बानेश्वरमा सञ्चालन सहकारी विभागसँग संघर्ष समितिले गरेको बैठकमा खुलासा भयोकि सहकारीले ६० करोड रुपैयाँ ऋण बिना कुनै धितो लगानी गरेको छ। त्यसमध्ये धेरै रकमको ऋण सञ्चालकहरूले आफन्तहरूको नाममा प्रवाह गरेका छन र ६ करोड रुपैयाँ मात्र धितो राखेर लगानी गरेको छ।



६ महिनाअघिदेखि नै सहकारीका कर्मचारीहरूले कार्यालय आउन छाडेका छन्। सहकारी अहिले बन्द भएको छैन भने देखाउनको लागि मात्र कार्यालयको ढोका खुल्ने र बन्द गर्ने गर्छ भन्ने कुरा पीडित लकबहादुर तमाङले बताएको छ।आपत विपत परेका बेला काम लाग्छ भनेर मानिसहरू सहकारी पुग्छ तर निराश भएर घर फर्कन्छ। 

For More Details Watch This Video