हिमालयन रिइन्सुरेन्स कम्पनीले मङ्सिर २७ गते सर्वसाधारणका लागि आइपिओ खुला गरेका थिए र आज मंसिर २९ गतेसम्म ३ दिन मा यस कम्पनीमा ३ अरब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ बराबरको आवेदन परेको छ। यस कम्पनीले जम्मा २ करोड ४९ लाख कित्ता १०६ प्रिमियम थप गरे २०६ रुपैया प्रति कित्तामा सर्वसाधारणका लागि  आइपीओ निष्कासन गरेको छ।

सिडिएससी बोर्डका अनुसार आजसम्म यस कम्पनीमा १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका जारी गरिएको आइपियो बिक्री भएपछि सर्वसाधारणका लागि आइपीओ जारी गरेको छ।

कम्पनीले जम्मा ३ करोड कित्ता सेयर निष्कासनको अनुमति पाएका थिए जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १०% यानि ३० लाख कित्ता सेयर बिक्री गरेको थियो।

कम्पनीले जम्मा सेयरको २ प्रतिशत यानि ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूको लागि र ५% अनि १५ लाख किता सेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याइएको छ अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ

कम्पनीले अङ्कित मूल्य १०० मा १०६ प्रिमियम थप गरी २०६ रुपैयाँमा आइपिओ बिक्री खुला गरेको छ। सर्वसाधारणले यो आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री क्यापिटल रहेको छ।

Also Read This 

Nepse Daily Analysis

IPO Updates And Analysis

News And Updates

Company Name Himalayan Re-insurance Limited (HREL)
Share Group Ordinary Shares
Issue Manager NMB Capital Limited
Issue Open Date 2023-12-13 10:00 AM
Issue Close Date 2023-12-17 05:00 PM
No.of Share Issued 2,49,00,000
Price Per Share 206.0
Minimum Quantity 10
Maximum Quantity 3,00,000