एनआइसी एसिया बैंकको कर्मचारीले नक्कली कागजको प्रयोग गरी करोड रुपैयाँको हेरफेर गरेकोले पक्राउ भएका छन।

एनआइसी एसिया बैङ्को राजबिराज स्थित शाखामा शाखा प्रबन्धक सन्तोष कुमार यादव सहित तीनजना पक्राउ मा परेका छन्। उनीहरुले नक्कली किर्ते कागज बनाई ३ करोड रुपैयाँको हिनामिना गरेका थिए। यो घटनाले देशभरको ध्यान आफ्नो तर्फ आकर्षक गरेका छन्। सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिएको हो। यो घटना अहिले निकै विवादास्पद भएको छ।

बितेको माघमा बैंकले किर्ते जगाधनि पुर्जा उपर २ करोड ८० लाख रुपैयाँको ऋण स्वीकृति दिएको थियो तर ती रकममध्ये २ करोड ३० लाख रुपैयाँ आसमा खातुनको नाममा दर्ता रहेको "एएस ट्रेडर्स एण्ड सप्लायर्स" नामक एक फर्जी कम्पनीको नाममा प्रवाह गरेको थियो तर जग्गाधनीको नाममा बनाइएको नक्कली पुर्जाबाट बैंकले ऋण स्वीकृति गरेको थाहा पाएपछि जग्गाधनीको अस्ली मालिकले प्रहरीलाई जानकारी गराएका छन्।

घटना बाहिरिएलगत्तै बैंकका प्रबन्धक यादव सहित बैंक अन्य केही कर्मचारीहरू फरार भएका थिए। तर अहिले यी सबैलाई प्रहरीले समातेका छन्यो। यो घटनाले नेपालको वितिय प्रणालीलाई आघात पुर्‍याएको छ।


For More Details Watch This Video