Nepse Analysis 

आइतबार ४७ अङ्कले बढेको सेयर बजार त्यसपछि भने लगातार चार दिनसम्म घटेको छ । सोमबार ११.२७ अङ्कले घटेको नेप्से, मङ्गलबार २.१७ अङ्क, बुधबार १७.९३, र बिहीबार थप १८.०६ अङ्कले घटेको हो । आज १८.०६ अङ्कले घटेर नेप्से परिसूचक १८५८.५३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैयाँ पुगेको छ । बजार घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको हो ।



कुन कम्पनीले कति कमाए 

 आज सर्वाधिक कमाउनेतर्फ रुरु हाइड्रो र छिमेक लघुवित्त रहे । उक्त कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

कुन कम्पनीले कति गुमाए 

सोमबार सर्वाधिक गुमाउने मध्ये माउन्टेन इनर्जी हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो र विजय लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । 

Also Read This
NEPSE Daily Analysis
News And Updates

आज कुनमा कतिको घटबढ

आज म्युचुअल फन्ड उपसूचक मात्रै ०.११ प्रतिशतले बढ्दा बाकिँ सबै उपसूचकमा गिरावट आयो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.७३ प्रतिशतले घट्दा फाइनान्स उपसूचक १.५९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.५६ प्रतिशत घट्यो ।