सर्वोच्च अदालतले हिमालयन रि इन्स्योरेन्सको प्रिमियम मूल्यमा कारण देखाउको आदेश जारी गरेको छ। अदालतले हिमालयन रिको आईपीओ रोक्न परेको रिटउपर सुनुवाइ गर्दै कारण देखाउको आदेश जारी गरेको हो। हिमालयन रिलाईले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको बारेमा नेपाल धितोपत्र बोर्डसँग सर्वोच्चले कारण मागेको छ। न्यायाधीश डा. कुमार चुडालको इजलासले सरोकारवाला निकायहरूलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई मंसिर १९ गते छलफलका लागि बोलाएको छ।

प्रिमियम मूल्यमा आईपीओ जारी गरेको छ जसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँका दरले गरेको छ। कम्पनीले हाल जारी गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेको नेपालीहरूले मात्रै आवेदन दिन पाउनेछन्।

In this analysis, I'm YT Lalu, sharing insights on Nepal's stock market trends. Connect with me for more updates and stay informed with Nepal Share Market Updates.