नेप्सेमा आज पनि हरियालीको यात्रा जारी नै छ ; कस्तो रह्यो आजको कारोबार दिन
December 19, 2023
NEPSE Analysis Today
आज मिति २०८०/९/३ गते २०२३/१२/१९ आज नेप्से परिसूचक ४५.९८ अङ्क २.२ प्रतिशत बढेर २१०६.४८ को बिन्दुमा बन्द भएको छ। बजारमा हरियालीको यात्रा जारी नै छ।
आज १८३ वटा कम्पनीका लगानीकर्ताहरूले कमाएका छन् भने ५३ वटा कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् र ७ वटा कम्पनीको मूल्यमा कुनै प्रवर्तन आएको छैन। नेप्से अहिले ५ महिनाकै उच्चविन्दुमा पुगेको छ। बजारमा थप पाँचवटा नयाँ ब्रोकरहरु आउनेछन् जसले आफ्नो स्ट्राटेजी प्रयोग गरी नयाँ नयाँ लगानीकर्तालाई बजारमा ल्याउने प्रयास गर्छ। हालै अर्थमन्त्री डाक्टर रामशरण महतले सेयर ऋणमा रहेको सीमालाई हटाउन नेपाल राष्ट्रिय बैंकलाई अनुरोध गरेका छन्। यसले पनि बजारमा सकारात्मक प्रभाव पार्ला अब यो साताको कारोबार सुखद रहला जस्तो लाग्अछ ब अघिल्लो हप्ता हेरौ के होला।