लाभांश पाउने गरी ग्लोबल आइएमई बैंकको सेयरधनी बन्न इच्छुकहरुका लागि आज अन्तिम अवसर हो।

ग्लोबल आइएमई बैंकले घोषणा गरेको लाभांश पारित गर्ने गरी आह्वान गरेको वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ। यसको अर्थ मंसिर १२ गते अर्थात आजसम्म ग्लोबल आइएमई बैंकको सेयर किन्नेहरु यसले घोषणा गरेको आगामी साधारणसभामा सहभागी हुन तथा घोषित ९ प्रतिशत लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १ प्रतिशत बोनस सेयर तथा ८ प्रतिशत नगद लाभांश(करसमेत) वितरणको घोषणा गरिसकेको छ।

बैंकले आगामी मंसिर २८ गते काठमाण्डौको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आफ्नो १७ औं वार्षिक साधारणसभा बोलाएको छ।